रोशी सहकर्मी–जेठ २०,
२०७७,पनौती/

पनौती नगरपालिकाले उत्कृष्ट सिकाई उपलब्धि भएको एक सामुदायिक बिद्यालयहरुलाई कार्यसम्पादनका आधारमा अनुदान दिने भएको छ । नगरले अनुदानका लागि नगरभित्र रहेका सबै सामुदायिक बिद्यालयहरुलाई अनुदानका लागि प्रस्ताव पेश गर्न पत्रचार गरेको छ ।

आर्थिक बर्ष २०७६/०७७ को स्वीकृत ससर्त कार्यक्रम अन्र्तगत सिकाई उपलब्धि भएका बिद्यालयहरुलाई सिकाई सुदृढीकरण लागि कार्यसम्पादनमा आधारित अनुदान उपलब्ध गराइने उल्लेख छ । नगरले उत्कृष्ट एक बिद्यालयलाई नगद दुई लाख रुपियाँ प्रोत्साहनका लागि प्रदान गर्ने जनाएको छ ।

अनुदान पाउनका लागि नगरले कक्षा ८, १० र १२ को परीक्षा नजिजा, शिक्षक उपस्थिती, बिद्यार्थी संख्या, सिकाई उपलब्धि, बिद्यार्थी कक्षा छाड्ने दर, कक्षा दोहा¥याउने दर, बिद्यालय बाहिरको बालबालिकाको अवस्था, थप सिकाई उपलब्धि बृद्धि गर्न बिद्यालयको योजना, आफ्नो बिद्यालयको असल अभ्यास न्युन सिकाई उपलब्धि भएका बिद्यालयमा कसरी प्रवर्तनात्मक क्रियाकलाप गर्ने सोको योजना एक हप्ताभित्र पेश गर्न अनुरोध गरेको छ ।

Facebook Comments