रोशी सहकर्मी–जेठ २०,
२०७७,काभ्रे/

कोरोनाको महामारीबाट साबधानी अपनाउन लायन्स क्लब अफ काभ्रे शंखु र लायन्स क्लब अफ काभ्रे बल्थलीको संयुुुुक्त पहलमा काभ्रेका बिभिन्न स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

लायन्स क्लब इन्टरनेशनल ३२५ ए २ का डिष्ट्रिक गर्भनर शोभा जोशीले स्वास्थ्य केन्द्रका इन्चार्जहरुलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्रीहरु खोपासी प्राथमिक केन्द्र, बल्थली स्वास्थ्य चौकी, छत्रेबाझ चौकी, शारदा स्वास्थ्य चौकी, डराउने पोखरी स्वास्थ्य चौकीलाई तीन थान पिपिई, एन नाइन्टी फाइभ मास्क, ग्लोब लगायतका सामाग्री प्रदान गरिएको थियो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा एइको मासुनागा आँखा अस्पतालका अध्यक्ष युवा नेता मधु आचार्य, प्रदेश् सभा उमेदवार युवा नेता गणेश लामा, लायन्स क्लब इन्टरनेशनका ३२५ ए २ का रिजनल चियरमेन माधब थापा, शंखु लायन्स क्लबका अध्यक्ष माधब श्रेष्ठ, ब्यबसायी एबं लायन्स बलराम थापा, लायनस क्लब अफ बल्थलीका प्रथम उपाध्यक्ष महेश पौडेलले सहयोगी संस्थालाई धन्यबाद दिदैं थप सहयोगको आग्रह गरेका थिए ।

Facebook Comments