यश कुमार परियार–जेठ २०,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले रेडियो रोशी १०१.६ मेगाहर्जबाट सार्वजनिक सुनुवाई गरेको छ । आज रोशी गाउँपालिकाका अध्याक्ष डि.बि. लामा र प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड–१९ रोकथामका निमित्त देश लकडाउनमा छ । आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिकाले आर्थिक वर्ष भरी गरेको कामको समिक्षा गर्नुपर्ने प्रावधान रहेको छ । तर यो विषम परिस्थितिमा भिडभाड गर्दा कोरोना संक्रमण फैलन सक्ने भएकाले रेडियोबाट सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा गाउँपालिका बासीले फोन र म्यासेज मार्फत समस्या र गुनासो राखेका थिए । गाउँवासीको गुनासो र समस्यालाई गाउँपालिका अध्यक्ष लामा र प्रमुख प्रशासकिय अधिकृत दाहालले प्रष्ट्याएका थिए । गाउँपालिकाले हाल अमेरीकन फौजीकीरा विरुद्ध किटनाषक औषधी वितरणलाई तिब्रता दिएको छ ।

Facebook Comments