दाप्चा–कार्तिक ०९,
जिल्लामा नेपाली कांग्रेस नमोबुद्ध नगरपालीका द्धारा आयोजीत कार्यक्रममा नेकपाका जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नमोबुद्ध नगरपालिका वडा नं ९ स्थित दाप्चा बजारमा नगर कार्यसमितिले दशैं, तिहार, नेपाल संवत, छठ लगायतका चाढ पर्वको अवसरमा आज (शनिबार) आयोजीत चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेकपाका तिन सय भन्दा धेरै जिल्ला नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
वीरबहादुर लामा, दुर्गा लामा, जय लामा, बलराम अधिकारी, भीम थापा लगायत तीन सयभन्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस काभ्रे जिल्ला सचिव दिनेश लामाले जानकारी दिए ।
नगर सभापति कुन्साङ लामाले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महत, अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाइँ, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, नेपाली कांग्रेसका युवा नेता गणेश लामा, तीर्थ लामा, स्थानीय जनप्रतिनिधिहरु लगायत उपस्थित रहेका थिए । कार्यक्रममा १५ सय भन्दा बढि नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments Box