यश कुमार परियार–जेठ २१,
२०७७,कटुञ्जे (काभ्रे)/

जिल्लाको रोशी गाउँपालिकामा ४५ औं कार्यपालिका बैठक बसिरहेको छ । अध्यक्ष डिबि लामाको अध्यक्षतामा बिहान ११ बजेबाट सुरु भएको बैठकमा उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौला, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल र सम्पुर्ण वडाका अध्यक्षहरु उपस्थित छन् ।

आजको बैठकमा निम्न कुराहरुमा छलफल हुँदै छः

१. ढुंगा गिटिको ल.ई. स्वीकृत गर्ने सम्बन्धमा ।
२. क्वारेन्टाईन व्यवस्थापन गर्ने सम्बन्धमा ।
३. रेडियो शिक्षा कार्यक्रम संचालन गर्ने सम्बन्धमा ।
४. कोभिड १९ राहत वितरण कार्यविधि स्विकृत गर्ने सम्बन्धमा ।
५. अमेरिकन फोजी किराको प्रकोप व्यवस्थापन सम्बन्धमा ।
६. पूर्ण खोप शुनिस्चितता गर्ने सम्बन्धमा ।
७. स्वास्थ्य कर्मीलाई सेवा सुबिधा प्रदान गर्ने सम्बन्धमा ।
८. अनुगमन कार्यबिधि संसोधन सम्बन्धमा ।
९. आगामी आ.व.को योजना तर्जुमा सम्बन्धमा ।
१०. विविध ।

Facebook Comments