रोशी सहकर्मी–जेठ २१,
२०७७,काभ्रे/

ग्याँस लिक भई घाईते भएका अर्का १४ बर्षिय बालक अनिश शाह ठकुरीको आज उपचारका क्रममा निधन भएको छ । हिजो १६ बर्षिय आयुष शाह ठकुरी र २६ बर्षिय रुकेश भनिने शुशिल ठकुरी शाहको उपचारको क्रममा किर्तिपुर अस्पतालमा निधन भएको थियो । अझै दुई जना घाईते छन् । उनिहरु सबै एकै परिवारका हुन् ।

जेठ १६ गते तेमाल गाउँपालिका वडा नम्वर ७ घर भई बनेपा नगरपालिका वडा नम्वर ७ को तरकारी बजारमा बस्दै आएका रत्नकुमार ठकुरीको परिवारका पाँच सदस्यहरु ग्याँस लिक भई दुर्घटनामा परेका इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द् तिमल्सिनाले जानकारी दिए ।

Facebook Comments Box