रोशी सहकर्मी–जेठ २१,
२०७७,धुलिखेल/

जिल्ला कै धुलिखेल अस्पतालमा कोरोना परीक्षण हुँदै आएपनि परीक्षण भने न्युन भएको छ । काभ्रेपलाञ्चोक जिल्लाका ४६२ जनाको मात्र पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

विदेशबाट आएका, ज्वरो, रुघाखोकी, निमोनिया लगायतका बिरामीको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । परीक्षण भएका ४६२ जना कै रिपोर्ट नेगेटिभ आएको छ । चैत २३ गतेबाट कोरोना परीक्षण गर्दै आएको धुलिखेल अस्पतालले अहिले सम्म दुई हजार ९२२ जनाको कोरोना परीक्षण गरिसकेको छ ।

मुलुकभरबाट आएकाको कोरोना परीक्षण गर्दै आएको अस्पतालमा अहिले सम्म ११४ जनाको पीसीआर पोजेटिभ आएको छ । त्यस्तै काभ्रेमा एक हजार ८३३ जनाको आरडीटी परीक्षण भएकोमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

Facebook Comments