यश कुमार परियार–जेठ २३,
२०७७,काभ्रे/

रोशी गाउँपालिकाका अध्यक्ष डि.बि लामाले रोशीमा भेटिएका कोरोना संक्रमित रोशी क्षेत्र प्रवेश हुनु अगाडिनै ल्याएर क्वारेन्टाईनमा सुरक्षीत राखिएको बताएका छन् । उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

रोशी गाउँपालिका वडा नम्बर ९ मा रहेको मंगल जनविजय माविको क्वारेन्टाईनमा बसेका ४ जना मध्ये ३ जनामा पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ आएको छ । धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनिहरुलाई हालै भारतबाट उद्धार गरी ल्याईएको थियो । रोशी गाउँपालिका अध्यक्ष लामाका अनुसार उनिहरुलाई सवारीमा सुरक्षीत तरीकाले ल्याएर रोशीको क्वारेन्टाईनमा राखिएको बताए ।

क्वारेन्टाईनमा रहेका व्यक्तिलाई कोरोना देखिएकाले नागरिकहरु त्रसीत नहुन आग्रह गरे । कोरोना देखिएका व्यक्तिको अवस्था सामान्य रहेको र सबै नागरिक सुरक्षीत हुन पनि आग्रह गरे ।

हाल रोशी गाउँपालिकामा १३ जना क्वारेन्टाईनमा रहेका छन् । उनिहरु मध्ये ४ जना मंगल जनविजय मावि र ९ जना लक्ष्मी नारायण माविको क्वारेन्टाईनमा रहेका छन् । उनिहरु सबैको पिसिआर परिक्षण भएको छ । र ९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

Facebook Comments