बनेपा–कार्तिक ०९
सञ्चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अनलाईन मिडियालाई सोसल साइटबाट अलग गराउन सक्नुपर्ने बताएका छन । अनलाईन मिडिया सञ्जाल नेपालले बनेपामा शनिवार आयोजना गरेको विभिन्न चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उनले अनलाईन मिडिया र सोसल साइटलाई एकै कोणबाट हेर्न नहुने बताए ।
उनले विस्तारै सोसल साइटका कारण नेपाली मिडियाको विश्वश्वनियतामा मै प्रश्न उठेको भन्दै यसबाट नेपाली मिडिया सचेत हुन सक्नुपर्छ भने । उनले छापा माध्यम ‘मेनस्टिम जर्नालिजम’ भित्रको रुपान्तरित रुप चै अब अनलाईन मिडिया दरिदै गएको बताउँदै अनलाईन र सोसल साइटलाई छुट्याइएन भने नेपाल कै पत्रकारिता क्षेत्र गन्जागोलको सिकार हुने बताए ।
मन्त्री बाँस्कोटाले संविधान, प्रयोग, सरकार या सञ्चालकहरुको कसको दोष हो पत्ता लगाउन नेपाली मिडियाले सक्नुपर्ने सुझाव दिए । “संविधानको दोष हो या प्रयोगको दोष हो । सरकारको दोष हो या यसका सञ्चालकको दोष हो । यहाँ नेरी अब नेपाली मिडियाले समय मै सचेत भएन भने मिडिया प्रतिको विश्वश्वनियता समग्र रुपमा समाप्त भएर जाने छ ।”
उनले नेपाली मिडिया आफ्नै कारणले संकटमा पर्दै गएको बताए । लोकतान्त्रिक सरकारबाट प्रेस माथि कुनै खतरा छैनन तर तपाईहरुले दिने समाचारको विश्वश्वनियताका कारण आफ्नै कारणले संकटमा पर्दै जानुभएको छ, भने । यसका लागि मिडिया आफै सचेत बन्न सक्नुपर्ने सुझाव दिनुहुँदै छिनभर नै टिक्न नसक्ने पत्रकारिता नगर्न आग्रह गरे ।
मन्त्री बाँस्कोटाले हिउँदे अधिवेशनमा प्रेस काउन्सिल विद्येयक, आम सञ्चार विद्येयक लगायत अन्य थुप्रै विद्येयक पास भएसँगै नेपाली पत्रकारिताले नयाँ जग बसाल्ने र नयाँ नेपालतर्फ जाने छ भने ।
उक्त कार्यक्रममा प्रतिनिधिसभा सांसद गंगाबहादुर दोङ, प्रदेश न ३ का सांसद लक्ष्मण लम्साल, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादे, चौँरीदेउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, अनलाईन मिडिया सञ्जालका अध्यक्ष ग्याम्जो थोकर लगायतले अनलाईनलाई कानुनी दायरामा ल्याउन नसके मिडिया माथी नै चुनौती थपिने भनाई राखेका थिए ।

Facebook Comments