यश कुमार परियार–जेठ २३,
२०७७,काभ्रे/

काभ्रेको सदरमुकाम धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २२ जनाको कोरोना पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत यस्तो जनाएका छन् । कोरोना देखिएका मध्ये रामेछापका १७ जना छन् । उनिहरु १७ देखि ४९ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

त्यस्तै काभ्रेको रोशी गाउँपालिकाका ३ जना, पाँचखाल र पनौती नगरपालिकाका १/१ जनामा कोरोना पोजेटिभ आएको डा. देवकोटाले बताए । उनिहरु २०, २१, ३९ वर्ष उमेरका छन् । जस मध्ये ३ जना महिला र २ जना पुरुष छन् ।

यस्तै कृषि जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा सिन्धुली तीन पाटन गाउँपालिका र कमलामाई नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण देखिएको छ । जो १७ र २५ वर्षिय पुरुष रहेका छन् ।

यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box