फाईल तस्बिर

रोशी सहकर्मी–जेठ २५,
२०७७,ढुङर्खक/

बेथानचोक गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सुझाव उपलब्ध गराउन बेथानचोक बासीलाई आग्रह गरेको छ । गाउँपालिकाले आमनागरिकलाई वडा कार्यालय, गाउँपालिकाको इमेल र फेसबुक पेजमा नीति, कार्यक्रम र बजेटका लागि आवश्यक सुझाव दिन आव्हान गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ,कोभिड १९ को विश्वव्यापी संक्रमणको कारण उत्पन्न असजह परिस्थिति तत्काल सामान्य अवस्थामा आउन नसक्ने देखिएको तथा यसको असरलाई न्युनिकरण गर्दै जनजीवनलाई नियमित गर्ने बिषय नै वर्तमान समयमा प्रमुख चुनौतीका रुपमा रहेको छ । यस सन्र्दभमा गाउँपालिकाबाट प्रवाह गर्ने सेवाको सुदृढिकरण, आर्थिक–सामाजिक विकासका प्राथमिकताहरुका सम्बन्धमा यहाँहरुको महत्वपूर्ण अपेक्षा तथा सुझाव एक हप्ताभित्र उपलब्ध गराउन हुन अनुरोध गर्दछु, भनिएको छ ।

Facebook Comments Box