रोशी सहकर्मी–जेठ २५,
२०७७,काभ्रे/

कोरोनाको जोखिम बढ्दै गएपछि स्थानीय तहहरु क्वारेन्टाइन वेड थप्न थालेका छन । जिल्ला कमाण्ड पोष्टले एक स्थानीय एक सय बेड बनाउन निर्देशन दिएपछि अहिले दैनिक रुपमा क्वारेन्टाइन बेड थपिन थालेका छन । आज सम्ममा जिल्लामा ६७४ वेडको क्वारेन्टाइन तयार भइसकेको छ ।
जिल्लाको सबैभन्दा बढी तेमाल गाउँपालिकामा १०५ बेडको क्वारेटाइन तयार पारिएको छ । रोशी गाउँपालिकामा ८५ बेडको क्वारेन्टाइन तयार गरिएको छ । त्यस्तै धुलिखेलमा ६५, पनौतीमा ६०, नमोबुद्धमा ५६, बनेपामा ५०, मण्डनदेउपुरमा २५ र पाँचखाल नगरपालिकामा ११ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै गरी महाभारत गाउँपालिकामा ४६, बेथानचोकमा ३५, चौँरीदेउरालीमा ३०, भुम्लुमा ३०, खानी खोला गाउँपालिकामा २४ बेड, धुलिखेल अस्पतालमा ५२ वेड क्षमताको क्वारेन्टाइन तयारी अवस्था रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । जिल्लामा १०१ जना पुरुष र १५ जना महिला सहित ११६ जना क्वारेन्टाइनमा बसेका छन । उनीहरु अधिकांश भारतबाट फर्किएका नागरिक हुन् ।

जिल्लामा क्वारेन्टाइनको संख्या थप्दै लगिएको भएपनि ओइसोलेसन वाड भने अझै थपिएको छैन । जिल्ला कमाण्ड पोष्टले धुलिखेल अस्पतालमा ५० वेडको आइसोलेसन वाड थप्ने जनाएको भएपनि अझै त्यो थपिएको छैनन । अहिले धुलिखेल अस्तापलमा आठ वेड र बनेपाको शिरमेमोरियल अस्पतालमा पाँच वेडको आइसोलेसन वाड मात्र तयारी अवस्थामा रहेका छन ।

Facebook Comments