रोशी सहकर्मी / बनेपा–कार्तिक ०९
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपालले दुई सष्टालाई शनिबार बनेपामा एक कार्यक्रमका बीच सम्मान गरेको छ । बरिष्ठ समालोचक एवं अनुवादक प्रा.डा. गोविन्दराज भट्टराई र उनकी जीवन संगिनी डा. अन्जना भट्टराई र काभे्रली साहित्यकार एवं पत्रकार छविरमण सिलवाल र उनकी जीवन संगिनी तुलसादेवी मैनालीलाई सयपत्री राष्ट्रिय सम्मान २०७६ बाट सम्मानित गरिएको थियो । उनीहरुलाई बरिष्ठ साहित्यकार तेजेन्द्रबाबु गर्गले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । उक्त कार्यक्रममा डा. गणेशकुमार पौडेलद्धारा लिखित ‘आमाको खाजी’ कविता संग्रह, हरिप्रसाद दुवालद्धारा लिखित ‘हाम्रो स्वास्थ्य र अरु रचनाहरु’ लेख संग्रह र डा. अन्जना भट्टराईद्धारा लिखित ‘सेतो गुराँस’ कविता संग्रह संयुक्त रुपमा विमोचन गरिएको थियो । सयपत्री प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र श्रेष्ठले विस २०५५ साल देखी महकवि लक्ष्मीप्रसाद देवकोटोको जन्मजयन्तीको अवसरमा बार्षिक रुपमा सम्मान कार्यक्रम गर्दै आएको बताएका छन् ।

Facebook Comments