रोशी सहकर्मी -कार्तिक १७,
सिन्धुपाल्चोकको सुकुटेमा आज दिउँसो १ बजे भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन् । स्थानीयवासीका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने अनुमान गरिएको छ । घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तत विवरण आउन बाँकी छ ।

Facebook Comments