रोशी सहकर्मी–जेठ २७,
२०७७, काभ्रे (धुलिखेल)/

काभ्रेपलाञ्चोक जिल्लामा दुई हजार १३ जनाको आरडीटी परीक्षण भएको छ । बैदेशिक रोजगारीबाट फर्किएका, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको आरडीटी परीक्षण भएको थियो ।

आरडीटी परीक्षणमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएकाको धुलिखेल अस्पतालमा पीसीआर परीक्षण भएको थियो । उक्त परीक्षणमा भने ३८ जना कै रिपोर्ट नेगेटिभ आएको कमाण्ड पोष्टले जनाएको छ ।

त्यस्तै अहिले सम्ममा ५४२ जनाको पीसीआर बिधिबाट काभ्रे जिल्लाका नागरिकको परीक्षण भएको छ । जसमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको भक्तपुर स्थिती काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचार भइरहेको छ ।

Facebook Comments