रोशी सहकर्मी–जेठ २८,
२०७७,काभ्रे/

पाँचखालका कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पाँचखाल नगरपालिका वडा नम्बर ३ को समाज कल्याण प्राविमा स्थापति क्वारेन्टाईनमा रहेका ३९ बर्षिय पुरुषको रिपोर्ट नआउँदै नेगेटिभ आयो भन्दै पालिकाले घर पठाएको थियो । तर पछि उनको रिपोर्टमा कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुषको परिवारका ३ सदस्यको ५ दिन पछि गरिएको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ ।

उनीहरुको धुलिखेल अस्पतालमा पिसिआर परिक्षणमा कोरोना नदेखिएको नगर प्रमुख महेश खरेलले जानकारी दिए । साथै उनीहरु सँगै सम्पर्कमा रहेका अर्को एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको नगर प्रमुख खरेलले जानकारी दिए । संक्रमित पुरुष केहि दिन अघि भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । गत शुक्रबार एकै दिन पाँचखाल र पनौतीका एक/एक जना र रोशी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस अघि पनौती नगरपालिका वडा नम्बर ८ की कोरोना सङक्रमित महिलाको परिवारमा कोरोना संक्रमण नभएको रिपोर्ट आईसकेको छ । धुखिलेल अस्पतालमा भएको पीसीआर परीक्षणमा परिवारका छ जना कै रिपोर्ट नगेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए । पेट दुखेर बनेपा अस्पताल हुँदै धुलिखेल अस्पताल पुगेकी महिलाको पित्तथैलीमा समस्या देखिएकाले अप्रेसन गर्नु पर्ने बताए पछि उनको धुलिखेल अस्पतालमा पीसीआर परिक्षण गर्दा शुक्रबार कोरोना सङक्रमण पुष्टि भएको थियो । काभ्रेका ५ जना संक्रमितहरुको हाल भक्तपुरको दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ ।

Facebook Comments