रोशी सहकर्मी, धुलिखेल
काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालमा महिलाहरुको उपचार सहजताका लागि पेल्भिस फ्लोर सेन्टरको स्थापना गरेको छ । प्रदेश नं ३ सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले एक कार्यक्रमका बीच उक्त सेन्टरको सुभारम्भ गरेका थिए । मन्त्री दुलालले नयाँ नयाँ प्रविधि भित्राएर धुलिखेल अस्पतालले दिइरहेको सेवाले ग्रामीण बस्तीका बासिन्दामा ठूलो सहयोग पुगेको बताए ।
महिलालाई लाग्ने सबै खाले रोगहरुको उपचार पेल्भिस फ्लोर सेन्टर मार्फत गरिने अस्पतालले जनाएको छ । धुलिखेल अस्पतालका एसोसिएट प्रोफेसर गाइनोकोलोजिस्ट डा. आभा श्रेष्ठले आइतबारबाट सेवा सुरुवात गरिएको जानकारी दिए । नेपाल कै पहिलो धुलिखेल अस्पतालमा स्थापना भएको पेल्भिस फ्लोर सेन्टर मार्फत महिलाका जटिल खाल सबै रोगको उपचार एकै ठाउँबाट गर्न सकिने व्यवस्था मिलाएको डा. श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जूले धुलिखेल अस्पतालको समन्वयमा नगरपालिकाले स्वस्थ नगर अभियान टोलटोलमा लैजाने बताए । काठमाडौं विश्वबिद्यालयका उपकुलपति डा. रामकष्ठ माकजूले गरिबीमा रहेका नागरिकलाई सेवा गर्ने लक्ष्य सहित स्थापना भएको धुलिखेल अूपताल सबैको साथ र सहयोगले सुविधा सम्पन्न बन्दै गएको छ भने । उनले पेल्भिस फ्लोर सेन्टरको स्थापनाले महिलाहरुको पिसाब चुहिने लगायत अन्य रोगको समस्या समाधान गर्न सहज हुने बताए ।

Facebook Comments