रोशी सहकर्मी–जेठ ३०,
२०७७,काभ्रे (बनेपा)/

कोभिड–१९ रोकथाम र जाँचमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको भन्दै आज शुक्रबार बनेपा, पनौती र धुलिखेलका युवाहरूले सरकार विरोधी प्रदर्शन गरेका छन ।

सरकारले कोरोना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै स्वस्फूर्त प्रदर्शनमा उत्रेका हुन ।

प्रदर्शनमा मुख्यगरी युवा तथा व्यवसायीलगायत संलग्न छन् ।

Facebook Comments Box