फाईल तस्बिर

रोशी सहकर्मी–जेठ ३०,
२०७७,काभ्रे/

पाँचखाल नगरपालिका भित्र चोरीको घट्ना बढ्न थालेका छन । लकडाउनका कारण रोजगारी गुमाएपछि चोरीका घट्ना बढेको भन्दै स्थानीय त्रसित भएका छन । पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्ले बजारमा रहेको तिनपिप्ले बुक एण्ड स्टेशनरी पसलमा विहीबार राती चोरी भएको छ । पसलको कन्तुर फुटाएर नगद चोरीको भएको छ ।

नगरको प्रमुख व्यापारीक केन्द्र पाँचखालमा विगतमा चोरीको बिगविगि हुंदा पाँचखाल उद्योग वाणिज्य संघ, पाँचखाल नगरपालिका र पाँचखाल नगर वडा नं ३ र वडा नं ४ को पहलमा सिसि क्यामारा जडान गरी निगरानि गर्न थालेपछि उक्त स्थानमा चोरी नियन्त्रण भएको थियो ।

पाँचखालको प्रमुख व्यापारिक केन्द्रमा सिसि क्यामारा जडान गरेपछि पाँचखाल वडा नं ६ तिनपिप्ले र आसपासको स्थानमा एक पछि अर्को गर्दै चोरीका घटनाहरु हुंदै आएका छन् । चोरीको घटनाहरु बढ्दै गएपनि हाल सम्म चोरीमा संलग्न हुनेहरुलाई पक्रन नसक्दा चोरीको क्रम निरन्तर रुपमा बढ्दै गएको छ ।

Facebook Comments