रोशी सहकर्मी–जेठ ३०,
२०७७,धुलिखेल/

जिल्लाको धुलिखेल नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई पीपीई सेट वितरण गरेको छ । कोरोना भाइरसको सङक्रमण बढ्न थालेपछि नगरले दैनिक फोहोरमैला व्यवस्थापनमा खट्ने कर्मचारीलाई पीपीई सेट वितरण गरेको नगरले जनाएको छ ।

नगरका प्रमुख अशोककुमार व्याञ्जूले कोरोना सङक्रमणबाट बच्नका लागि फोहोर व्यवस्थापनमा खट्ने कर्मचारीलाई पीपीई सेट वितरण गरेको जानकारी दिए । कोरोना भाइरसको महामारीका बिच फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको सुरक्षाका लागि पीपीई सेट बितरण गरिएको नगर प्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिए ।

२४ जनालाई पीपीई सेट, बुट, एन ९५ मास्क, मोबाईल राख्ने थैली लगायतका समाग्री बितरण गरिएको थियो । थप १८ जनालाई उक्त सामग्री वितरण गर्ने नगरले जनाएको छ । साथै फोहोरमैला व्यवस्थापनमा खटिने सबै कर्मचारीको एक लाख बराबरको कोरोना वीमा गर्ने नगरले जानकारी दिएको छ ।

Facebook Comments