रोशी सहकर्मी–तेमाल,
जिल्लाको तेमालमा पोखरी नारायण स्थान प्रयोगशाला स्थापना गरिएको छ । तेमाल गाँउपालीका वडा नं ५ पोखरी नारायण स्थानमा रहेको उक्त प्रयोगशाला तेमाल गाँउपालीका अध्यक्ष सलाम सिं लामाङले
एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् ।
“स्वस्थ रहैँ, स्वस्थ बनौँ, नियमित रुपमा स्वास्थ्य परिक्षण गरौँ” भन्ने मुल नाराका साथ उक्त स्वास्थ्य प्रयोगशाला स्थापना भएको हो । प्रयोगशाला निर्माणको लागी गाँउपालीकाले रु ३ लाख रुपैँया बिनियोजन गरेको थियो ।

उद्धघाटन सत्रमा बोल्दै गाँउपालीका अध्यक्ष सलाम सिं तामाङले स्थानीय सरकार गठन भईसकेपछि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्यउन निरन्तर प्रयास गरिरहने बताए । “आज स्वास्थ्यको निम्ती स्वास्थ्य प्रयोगशाला उद्धघाटन भएको छ”, भन्दै ल्याब टेस्टको निम्ति महंगो शुल्क तिरेर टाढा धाउनु पर्ने समस्या तेमाल बासीमा नरहेको बताए ।
त्यस्तै, गाँउपालीका उपाध्यक्ष दुर्गामायाँ तामाङले साधरण परिक्षणको लागी तेमाल बासीहरु बनेपा– धुलिखेल धाउनु पर्ने बाध्यता अन्त्य भएको बताएकी छन् । बिगत लामो समय देखि तेमाल गाँउपालीकामा स्वास्थ्य प्रयोगशालाको आवश्यकता रहेको र सोही आवश्यकतालाई मध्यनजर गरी न्युन शुल्कमा स्थानीय स्तरमा नै स्वास्थ्य परिक्षण गर्न पाईने व्यवस्था मिलाईएको बताइएन् । स्थानीय स्तरमा नै स्वास्थ्य सेवा पाउदा तेमाल बासी खुसी भएका छन् ।

कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समितीका उपाध्यक्ष भिम कुमार लामा, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल, स्वास्थ्य शाखा संयोजक शिबहरी पाठक, जनप्रतिनिधिहरु, गाँउपालीकाका कर्मचारीहरु, तेमालबासीको उपस्थिती रहेको थियो ।

Facebook Comments