फाईल तस्बिर

रोशी सहकर्मी–असार १,
२०७७,धुलिखेल/

काभ्रे जिल्लामा आइसोलेसन वाड थपिने भएको छ । आज (सोमबार) बसेको जिल्ला कमाण्ड पोष्टले पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका र धुलिखेल नगरपालिकामा ओइसोलेसन वाड थप गर्न लागिएको हो ।

भारत लगायत तेस्रो मुलुकबाट काभ्रेली आउन थालेपछि जिल्ला कमाण्ड पोष्टले ओइसोलेसन वाड र क्वारेन्टाइन वेड थप गरिरहेको छ । जिल्लामा अहिले १३ वेडको आइसोलेसन वाड रहेको छ ।

जिल्ला कमाण्ड पोष्टका अनुसार पनौती नगरपालिका वडा न १० मा रहेको खोपासी प्राथमिक स्वास्थ्य केन्द्र, नमोबुद्ध नगरपालिकाको मेथिनकोट अस्पताल, पाँचखाल नगरपालिका र धुलिखेल नगरपालिकाको सञ्जिवनी नमुना बिद्यालयमा १०÷१० वेडको आइसोलेन वेड विस्तार गरिने छ । त्यस्तै धुलिखेल अस्पतालमा रहेको आठ वेड ओइसोलेसन वेडलाई विस्तार गरी १५ वेड र बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा रहेको पाँच वेडलाई विस्तार गरेर १० वेडको पु¥याउने निर्णय भएको छ ।

सोमबार सम्म ४१ पुरुष र १८ महिला सहित ५९ जना क्वारेन्टाइनमा बसेको र जिल्लामा ७०३ वेडको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । काभ्रेका पाँच जनामा कोरोना सङक्रमण भएको छ । उनीहरुको भक्तपुरमा उपचार भइरहेको छ ।

Facebook Comments