रोशी सहकर्मी–असार १,
२०७७,बनेपा/

नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं नेपाली काँग्रेस केन्द्रीय ट्रेड युनियन विभागका संयोजक शिवप्रसाद हुमागाईले जिल्लाभरका एम्बुलेन्सका चालकहरूलाई पीपीई सेट सहितको स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन ।
आज (सोमबार) पन्चकन्या बैंकेटमा भएको कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य हुमागाईले काभ्रेमा संचालनमा आएका ३५ एम्वुलेन्स मध्ये २८ जना चालकहरूलाई पीपीई, माक्स र ग्लोभ्स वितरण गरेका थिए ।

वितरण कार्यक्रममा हुमागाईले अहिले कोरनाका कारण विश्व नै अन्यौलमा रहेकोमा नेपालजस्तो अर्ध विकशित मुलुक पनि अछुतो नरहेको बताउँदै यसको सबै मिलेर सामना गर्नुपर्नेमा जोड्दिए । उनले एम्बुलेस बिरामी लिन जाँदा रोग लाग्न सक्ने र नगएमा बिरामीको मृत्यु हुन सक्ने भएकाले चालकलाई संक्रमण नहोस भन्नका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव दिनेश लामा, पुर्व साँसद तीर्थ लामा, क्षेत्रिय सभापति रमेश प्रसाद हुमागाई, पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, नेपाली काँग्रेसका जिल्ला सदस्यहरू समीर व्यञ्जु, रविन्द् सिग्देल, अर्जुन सापकोटा, नेपाली काँग्रेस वनेपा नगर सभापति राम जोशी, शिक्षक संघका सचिव शम्भु घिमिरे लगाएत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

हुमागाईले यस अघि जिल्लाका स्वास्थ्यकर्मीलाई पीपीई, माक्स, ग्लोभ्स र पत्रकारहरूलाई ज्याकेट, माक्स वितरण गरेका थिए । कार्यक्रम सञ्चालन नेपाल टे«ड युनियन काभ्रेका सचिव नारायण सापकोटाले गरेका थिए ।

Facebook Comments