रोशी सहकर्मी–असार २,
२०७७,काभ्रे/

जिल्लाको धुलिखेलमा रहेको सञ्जिवनी माध्यामिक विद्यालयको क्वारेन्टाइनबाटै स्वाब संकलन गरिने भएको छ । क्वारेन्टाइनमै पिपिई बुथ सञ्चालनमा आएपछि स्वाब संकलनमा समेत सहज हुने बताइएको छ ।
रोटरी क्लब धुलिखेल र रोटरी क्लब अफ काठमाण्डौँको आर्थिकमा सहयोगमा क्वारेन्टाइनमा पिपिई बुथ राखिएको हो । पिपिई बुथ सञ्चालनमा आएपछि कोरोनाको आशंका गरिएका ब्यक्तिलाई अस्पतालसम्म लैजादाँ र ल्याउँदाको जोखिम पनि हट्ने धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले बताए ।

उनका अनुसार कोरानो भाइरस सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । संस्वाब संकलन गर्दा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्न मिल्ने ब्यवस्था मिलाइएको छ ।
यस्तो प्रक्रियाबाट स्वाब संकलन गर्दा चिकित्कसलाई रोग सर्ने सम्भावना न्यून हुने जनाइएको छ । चिकित्सकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्वाब संकलन गर्ने क्रममा चिकित्सकलाई पनि कोरनाबाट सर्नबाट जोगाउन बुथ सञ्चालनमा ल्याइएको हो ।

Facebook Comments Box