रोशी सहकर्मी–असार २,
२०७७,काभ्रे/

श्री पुण्य मावि पनौतीका प्रधानाध्यापक सरस्वती कणेलको संयोजकत्वमा महिला शिक्षक समाज काभ्रे शाखा गठन भएको छ । भर्चुअल माध्यमबाट बसेको बैठकले काभ्रेका प्राय सबै पालिकाहरुमा कार्यरत महिला शिक्षकहरुलाई समेटेर कार्यसमिति निर्माण गरिएको संयोजक कणेलले बताए ।
यस शाखाले शिक्षकहरुलाईको हकहितका निमित्त साथै आगामि दिनमा वालवालिकाहरुलाई शिक्षामा अगाडि ल्याउने उद्देश्यले शाखा गठन भएको उनको भनाई छ ।

बैठकले अध्यक्षमा सरस्वती कणेल श्री पूण्य मावि पनौती ७, उपाध्यक्ष माला अधिकारी श्री श्रीराम मावि कोशिदंखा पाँचखाल, सचिब जयन्ती मानन्धर श्री चैतन्य मावि बनेपा, कोषध्यक्ष सारदा ढकाल श्री तपेश्वर मावि मण्डनदेउपुर निर्विरोध चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सीता कणेल श्री महेन्द्र मावि साँगा, निला अधिकारी श्री कर्थरी मावि धुलिखेल, अम्बिका लामा श्री दाप्चा मावि नमोबुद्ध, लक्ष्मी तिमल्सिना श्री पार्वती मावि वेथानचोक, गीता गिरी श्री वुद्ध हिमालय मावि चौरी देउराली, ललिता लामिछाने श्री समाज कल्याण आ.भु.वि तामाघाट पाँचखाल, मनिसा खरेल श्री पञ्चकन्या मावि ठुलो पर्सेल तेमाल चयन भएका छन् ।

Facebook Comments