यश कुमार परियार–असार ३,
२०७७,काभ्रे
/
काभ्रेको रोशी गाउँपालिकामा १ सय १० बेडको क्वारेन्टाईन रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । गाउँपालिकामा यस अघि ८५ बेडको क्वारेन्टाईन रहेकोमा थपेर १ सय १० पुर्याइएको कमाण्ड पोष्टले जनाएको छ । यसैगरी मण्डनदेउपुर नगरपालिकामा यस अघि २५ वेडको क्वारेन्टाईन रहेकोमा थपेर १ सय बेड पुर्याईएको छ । यस सँगै काभ्रेमा क्वारेन्टाईन बेडको संख्या ८ सय ३ पुगेको छ ।

यसैबिच आज काभ्रेका बिभिन्न स्थानिय तहको क्वारेन्टाईनमा ८२ जना रहेका छन् । जिल्ला कमाण्ड पोष्ट काभ्रेका अनुसार ५५ जना पुरुष र २७ जना महिला रहेका छन् । धुलिखेल अस्पताल र शिर मेमोरीयल अस्पतालमा गरि १३ वटा आइसोलेसन बेड रहेको छ । धुलिखेल अस्पतालमा काभ्रेका ९ सय ९८ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ । जिल्लामा २१ सय ७० जनाको आरडिटी विधि मार्फत कोरोना परीक्षण भएको छ ।

Facebook Comments