रोशी सहकर्मी–असार ५,
२०७७,काभ्रे/

सरकारले लकडाउन खुकुलो बनाएसँगै बनेपा हुँदै उपत्यका प्रवेश गर्न खोज्नेको भिड बढेको छ । उपत्यका प्रवेशका लागि गृह मन्त्रालयको सहमति सहितको पास विनाका सवारी साधनलाई प्रवेशमा रोकिएको छ ।

जसका कारण दैनिक सयौँ सवारी उपत्यकाका नाकाबाट फर्काउने गरिएको छ । काभ्रेको साँगा नाकाबाट मात्र दैनिक सयौँ यात्रुलाई प्रहरीले फर्काउने गरेको छ ।
सरकारले पसल तथा कार्यालयहरू खोल्न दिने निर्णय गरेपछि उपत्यका बाहिरका सर्वसाधारणहरू आउने क्रम पनि बढेको छ । ‘धेरैजसो पसल खोल्न भनेर आउने गरेका छन् भने कतिपय उपत्यका छिर्न पाइने गलत सूचनाका आधारमा समेत प्रवेशको प्रयास गर्ने गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments