रोशी सहकर्मी–असार ५,
२०७७,काभ्रे/

जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित तिनधारामा होमस्टे सहितको नमुना तामाङ वस्ती हुने भएको छ । आज एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख टोक वाईवाले उक्त वस्तीको शिलान्यास गरेका हुन् । कार्यक्रममा पुनःनिर्माण प्राधिकण केन्द्रीय आयोजना निर्देशक श्याम किसोर सिङ, जिल्ला आयोजना कार्यन्वयान इकाईका प्रमुख महालक्ष्मी जोशी, हेविटाड नेपालका कार्यक्रम निर्देशका युवन मल्ल, इन्जिनियर शुरेस नकर्मि, वडा अध्यक्ष विष्णु मणि नेपालको आतिथ्याता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख टोक बहादुर वाइवाले होमस्टे सहितको नमुना तामाङ वस्ती निर्माण हुनु अत्यन्तै राम्रो कामको थालनी भएको बताए । सोहि अबसरमा उनले आवस निर्माणमा नगरको तर्फबाट दस लाख उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणको ५० लाख सहयोग रहेको यस आयोजनामा बरण्डा सहितको ४ कोठा रहनेगरी ३२ वटा घर निर्माण हुने नगर प्रमुख वाईबाले जानकारी दिए । नमुना तामाङ वस्तीमा तामाङ समुदायको संस्कार र सस्कृति झल्कने घर, गुम्बा लगायतका संरचना निर्माण हुने उनले जानकारी दिए ।

Facebook Comments Box