अशोक बुद्ध लामा– कार्तिक २०,
रोशी,

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्यक्रम आजबाट सुरुवात भएको छ । रोशी गाउँपालिका आयोजना र नाङशाल एसोसिएसन नेपालको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम आजदेखि शुरुवात भएको हो । रोशी गाँउपालीका वडा नं १२ देखि उपाध्यक्ष लक्ष्मी उप्रेती(बर्तौला) को संयोजकत्वमा १७ जनालाई अपाङ्गता परिचय पत्र वितरण सुरु गरिएको छ । कुल १७ जना मध्ये “क” वर्गका २ जना, “ख” वर्गका ९ जना, “ग” वर्गका ३ जना र “घ” वर्गका ३ जना रहेका छन् ।
परिचय पत्र वितरण पस्चात कार्यक्रममा बोल्दै उपअध्यक्ष एवं कार्यक्रम संयोजक बर्तौलाले परिचय पत्र वितरण गर्न आर्थिक सहयोग गर्ने संस्था नाङसाल एशोसियनलाई धन्यवाद दिएकी छन् । “गाँउपालीकाले मात्रै यो काम गर्न नसक्ने भएकाले नाङशाललाई सहयोग मागेको थियौँ” भन्दै, उनले डाक्टरले स्वस्थ्य जाँच गरेअनुसार नै अवस्था हेरेर सोही वर्ग अनुसार अपाङ्गता परिचय पत्र वितरण गर्ने बताइन् । रोशी गाँउपालीका महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइले रोशी भित्र रहेका १ देखि १२ वटा वडामा परिचय पत्र वितरण गर्न लक्ष्य रहेको बताईन् ।

Facebook Comments