रोशी सकर्मी–असार ६,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको पनौती नगरपालिकाका २८ जनाको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ । पनौती नगरपालिका इन्द्रेश्वर माविको क्वारेन्टाइनमा रहेका २३ जना र अन्य पाँच जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

नगर प्रमुख भिम न्यौपानेका अनुसार क्वारेन्टाइनमा रहेका २० जना पछिल्लो चरणमा विदेशी मुलुक र तराईका जिल्लाहरुबाट आएका नेपाली नागरिक र स्वास्थ्यकर्मी ३ जना, नगर कर्मचारी १ जना र ड्राइभर १ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको थियो ।

क्वारेन्टाइनमा रहेका २० जनालाई जेष्ठ ३ गते र ३ जनालाई शुक्रबार १४ दिन होम क्वारेन्टाइनमा रहने गरि स्थानिय जनप्रतिनिधि मार्फत घर पठाइएको नगर प्रमुख न्यौपानेले बताए ।

Facebook Comments