रोशी सहकर्मी–असार ६,
२०७७,काभ्रे/

रोशी गाउँपालिकाको गाउँसभा असार १० गते हुने भएको छ । गाउँसभाका लागि वडा÷वडाबाट योजना तर्जुमा गरिरहेको गाउँपालिकाले जनाएको छ ।
नेपाल सरकारले प्रत्येक असार १० गते सम्ममा स्थानीय तह गाउँ/नगरसभा गर्ने निर्देशन दिएको छ । सोही अनुरुप रोशीले पनि असार १० गते नै गाउँसभा गर्ने भएको हो ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले वडा वडाबाट आर्थिक बर्ष २०७७/०७८ बजेटका लागि योजना तर्जुमा गरिरहेको बताए । गाउँसभाका लागि वडा, टोलबाट योजना तर्जुमा लगायतका कार्य भईरहेको दाहालले जानकारी दिए ।
उनले २०७६/०७७ को आर्थिक बर्षको अन्त्य हुँदै गएकाले आयोजनाहरुको निरीक्षण, नयाँ योजना सम्झौता, बजेठ बाँडफाँडमा जुटिरहेको बताए । कोरोना संक्रमणका कारण सामाजिक दुरी कायम राखेर वडा स्तरबाट योजना छनौट भइरहेको दाहालले जानकारी दिए ।

Facebook Comments