रोशी सहकर्मी–असार ८,
२०७७,काभ्रे/

नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई चौँरीदेउराली निवासी रामबहादुर गौतमले ५० हजार रुपियाँ नगद सहयोग गरेका छन् । स्वास्थ्यकर्मीको बीमा गरिदिएका गौतमले पत्रकार महासंघलाई पनि ५० हजार सहयोग गरेका हुन ।

उनले नेपाल पत्रकार महासंघका काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनालाई ५० हजार रुपियाँ हस्तान्तरण गरेका थिए । महासंघका अध्यक्ष तिमल्सिनाले महासंघको कार्यालय व्यवस्थापन लगायतमा उक्त रकम खर्च गरिने जानकारी दिए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जिल्लाका १३७ पत्रकारको निःशुल्क कोरोना बीमा गरिदिएको थियो ।

Facebook Comments Box