रोशी सहकर्मी– कार्तिक १९,
धुलीखेल,

राज्यले ल्याउन लागेको उच्च शिक्षा नीतिमा आवश्यक सुधार आवश्यक छ की छैनन भन्ने बिषयमा एक दिने संवाद कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । नेपाल कानून समाज, काठमाडौं विश्वविद्यालय डीनको कार्यालय र काभे्र वार एशोसियसनद्धारा उच्च शिक्षा नीतिमा सुधार आवश्यक छ की छैनन भन्ने बिषयमा सरोकारवाला निकायसँग एक दिने संवाद कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति सभापति निरादेवी जैरुले यस्ता संवादले नै राज्यले बनाउने शिक्षा नीति राम्रो बन्न सक्ने बताउनुहुँदै यहाँबाट आएका सल्लाह सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले नेपाल कानून समाज, बार एशोसियसनले मुलुकभर यस्ता छलफल गरिरहेको र अझै तल्लो तहसम्म लैजान सक्नुपर्छ भन्नुभयो । विभिन्न चार समूह बनाएर छलफल गरिएको थियो । समूहगत रुपमा प्रस्तुति दिएपछि बोल्नुहँदै सभापति जैरुले संवादले नै सकारात्मक परिणाम ल्याउन मद्धत गर्ने छ भन्नुभयो ।
उक्त कार्यक्रममा उच्च शिक्षा सम्बन्धमा संविधान, कानून र नीति सम्बन्धी बरिष्ठ अधिवक्ता तथा नेपाल कानून समाजका सदस्य रमेश लेखक र बरिष्ठ अधिबक्ता एवं सांसद राधेश्याम अधिकारीले प्रस्तुत गर्नुभएको थियो । काठमाडौं विश्वविद्यालय कानून संकायका डीन डा. ऋषीकेश वाग्ले, नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान लगायतले कार्यक्रमका बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा प्रदेश न ३ का सांसद रत्न ढकालले मन्तव्य राख्नुभएको थियो । प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, शिक्षा शिक्षाका विज्ञहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box