यश कुमार परियार–असार १०,
२०७७,काभ्रे/

रोशीको दृष्टी, पर्यटन र कृषी भन्ने मूल नाराका साथ रोशी गाउँपालिकाको सात औँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डिबि लामाको अध्यक्षतामा भएको गाउँसभामा आर्थिक बर्ष २०७७/०७८ का लागि ५८ करोड ९९ लाख ५६ हजार बजेट पेस भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम अध्यक्ष डिबि लामाले प्रस्तुत गरेका थिए । उनले रोशी गाउँपालिकाका सबै नागरिकको घरदैलोमा विकासका पूर्वाधारको सहज पहुँच पुर्याउने, आधुनिक र व्यवसायिक कृषि प्रणाली तथा उद्योग, पर्यटन मार्फत उद्यमशिलता र रोजगारीको अवसर सर्जिना गरी जनताको आयस्तरमा वृद्धि गर्ने लक्ष्य लिएको जनाए ।

त्यस्तै संक्रमण लगायत सबै प्रकारका रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षीत बनाउने, शिक्षामा सबै बालबालिकाको सम्मान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितता गराउने, रोशी गाउँपालिकामा जोखिममा रहेका वर्ग र सामाजिक विभेद र उत्पीडन परेका नागरिकहरुको दूव्र्यवहार, भेदभाव र हिँसाको अन्त्य सँगै समतामुलक विकास मार्फत सम्मानपूर्वक जीवन जिउन पाउने वातावरण निर्माण गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा तथा सुरक्षित खानेपानी र सरसफाईमा नागरिकको सहज पहँच पुर्याउने उल्लेख छ ।

वन तथा भूसंरक्षण एवं फोहोरमैलाको उचित व्यवस्थापन गरी रोशी जलाधारको संरक्षण गर्दै प्रकोप न्युनिकरण तथा विपद् व्यस्थापनमा उत्थानशील र स्वच्छ वातावरणयुक्त समुदाय निर्माण गर्ने रोशीले लक्ष्य लिएको छ । गाउँपालिकाद्वारा प्रवाह हुने सेवा तथा राजश्व संकलनमा पारदर्शिता, जवाफदेहिता र नागरिकमा सन्तुष्टी कायम गर्ने, स्थानिय श्रोत साधनहरुको परिचालन गरी स्थानिय स्तरमा रोजगारी सृजना गर्ने गाउँपालिका अध्यक्ष लामाले बताए ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्ताैलाले आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्ततु गरेकी थिइन । उनले आर्थिक बर्ष २०७७/०७८ मा केन्द्र तथा प्रदेश सरकार एवं गाउँपालिकाको कुल बजेट ५८ करोड ९९ लाख ५६ हजार आय र सोहि अनुसारको व्यय हुने अनुमान गरेको जनाएकी थिइन ।

Facebook Comments