सांकेतिक तस्बिर

यश कुमार परियार–असार १३,
२०७७,काभ्रे/

काभ्रेको खानीखोला गाउँपालिकामा भेटिएको किरा सलह भएको पुष्टि भएको गाउँपालिकाका प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए । आज करीब दिउँसो २ बजेबाट आकासमा देखिन सुरु भएको फट्याङ्ग्रा जस्तो किरा सलह हो वा होईन भनि प्राविधिकले जाँच गरेकोमा सलहनै भएको दावी गरेको उनले जानकारी दिए ।

यो किरा अहिले गाउँपालिकाको वडा नं १, २ र ६ मा देखिएको प्रवक्ता गोलेले बताए । स्थानियको भनाई अनुसार अहिले सलह किरा भुईमा नबसेको र बसेकाहरुले मकै खान सुरु गरेको छ । उनका अनुसार आकासमा उडिरहेको अवस्थामा चराले खान कोसिस गरिरहेको छ र केहि किरा भुँईमा मरेको अवस्थामा भेटिएको छ ।

उनका अनुसार सलह किरा बेथानचोक गाउँपालिकाको सिमामा पुगेको प्रवक्ता गोलेले बताए । बेथानचोक गाउँपालिका वडा नम्बर १ च्याम्राङवेसीमा सलह देखिएको स्थानिय राजकुमार दाहालले जानकारी दिएका छन् । बालिमा सलह जस्तै किरा देखा परेको र खानीखोला हुँदै बेथानचोक प्रवेश गरेको स्थानियले बताए । सलह किरा गाउँमा देखिन थालेपछि स्थानिय र आसपासका किसान त्रसीत भएका छन् ।

आज बिहान देखि नेपाल भारतको सिमाना जिल्ला प्रदेश २ को बारा, पर्सा, सर्लाही र प्रदेश ५ को रुपन्देहीमा सलह किरा देखिएको थियो ।

Facebook Comments