रोशी सहकर्मी–असार १४,
२०७७,धुलिखेल/

कृषि ज्ञान केन्द्र काभ्रेले सलह किरा आउन सक्ने भन्दै जिल्लाका १३ वटै स्थानीय तहलाई सर्तक रहन अनुरोध गरेको छ । आज जिल्लाका स्थानीय तहलाई पत्र लेख्दै ज्ञान केन्द्रले कृषि शाखाका प्राविधिक अलर्ट राख्न समेत भनेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा सलह किरा आएपछि जिल्लाका १३ वटै स्थानीय तहलाई अलर्ट रहन कृषि ज्ञान केन्द्रले जनाएको छ । शनिबार दिउँसो २ बजेटबाट खानीखोलामा फट्याङ्ग्रा जस्तो किरा सलह आएको स्थानीय जनप्रतिनिधिले बताएका थिए ।

कृषि ज्ञान केन्द्रका प्रमुख डा. जनार्दन खड्काले काभ्रेपलाञ्चोक र सिन्धुपलाञ्चोक जिल्लाका २५ पालिकामा सलह किराको रोगथाम र नियन्त्रणका लागि प्राविधिक जानकारी र सम्पर्क व्यक्ती बाली संरक्षण अधिकृत समेत तोकेर पत्र पठाइसकेको जानकारी दिए । उनले अहिले ठूलो क्षति गर्ने गरी सलह किरा नआएको तर सचेत भने रहनुपर्ने भएकाले दुई जिल्लाका २५ वटै पालिकालाई अलट राखिएको बताए ।

प्रदेश नं २ को बारा जिल्ला हुँदै मकवानपुर जिल्लाको बागमती गाउँपालिकाबाट काभ्रेको खानीखोला गाउँपालिकामा सलह किरा प्रवेश गरेको थियो ।

Facebook Comments