रोशी सहकर्मी– कार्तिक १९,
नौबीसे,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको जनक माविले आज (मंगलबार) बिपद सम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ । सेभ द चिल्डेनको सहयोग, नमोबुद्ध नगरपालिकाको समन्वय र नाङशाल एशोसिएसन नेपाल मार्फत संचालित पहुँच परियोजना अन्तर्गत उक्त अभ्यास गरिएको हो ।
बिद्यालयका बि.व्य.स.का प्रतिनिधि, शिक्षक, बिद्यार्थी, र अभिभावकको सहभागितामा विपद आएको अवस्थामा कसरी सुरक्षित रहने र विपदमा परेकाहरुलाई कसरी सुरक्षित रुपमा उद्धार गर्ने साथै उपचारको वातावरण कसरी तयार गर्ने भन्ने नाटकीय अभ्यास गरिएको हो । कार्यक्रममा जनक माविका प्र.अ. प्रदीप पोखरेल, सहायक प्र.अ. हरिहर अधिकारी, शिक्षकहरु यन्त्रनाथ खनाल, श्रीकृष्ण अधिकारी, गोविन्द खनाल, बिमल खनाल, रन्जिता सुन्दास र बालक्लबका बिद्यार्थीहरुले बिपद सम्बन्धमा कृत्रिम अभ्यास गरेका थिए ।

विपद सम्बन्धी कृत्रिम अभ्यास परियोजना लागू भएका बनेपा नगरपालिकाका २ वटा विद्यालय र नमोबुद्ध नगरपालिकाका ९ वटा विद्यालयमा गरिने नाङशालका तालिम संयोजक छबि चौंलागाईले बताए । विपद सम्बन्धी कृत्रिम अभ्यासको सहजीकरण विपद सम्बन्धी विज्ञ राजन पौडेलले गरेका थिए । यस्ता कृत्रिम अभ्यासहरुले विपद आउँदा सहज रुपमा सुरक्षित रहन मद्धत गर्ने पौडेलले बताए । यस अघि नमोबुद्ध नगरपालिकाकै संसारी देवी आधारभूत बिद्यालय, जनजागृति प्राथमिक बिद्यालय र जनता आधारभूत बिद्यालयमा यो अभ्यास गरिएको छ ।

Facebook Comments Box