
रोशी सहकर्मी–असार १७,
२०७७७,काभ्रे–
टिपरको ठक्करबाट काभ्रेमा दुई जनाको ज्यान गएको छ । बुधबार धुलिखेल २ रवीओपीमा भएको उक्त दुर्घटनामा परी कोईराला थुम्काका ५० वर्षीय वेदप्रसाद कोइराला र उनका ५५ वर्षीय दाजु गोवर्द्धनको मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।
बा ३६ प ५०५२ नम्बरको मोटरसाइकलमा सवार कोइराला दाजुभाइलाई सोही दिशातिर गइरहेको बा ४ ख ६३८६ नम्बरको टिपरले ठक्कर दिएको थियो । वेदप्रसाद सव डिभिजन वन कार्यलय कटुञ्जे रोशीका वन रक्षक थिए ।
मोटरसाइकललाई ठक्कर दिने टिपरलाई चालकले नालीमा खसालेर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।