यश कुमार परियार–असार १९,
२०७७,काभ्रे/

नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तिको अवसरमा नेविसंघले वृक्षरोपण गरेको छ । जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ काभ्रे क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा नमोबुद्ध नगरपालिका स्थित नव निर्मित क्षेत्रीय भवन परिसरमा वृक्षरोपण गरीएको संघका सभापति गणेश अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका संघिय सभापति तथा पूर्व सभासद तिर्थ लामा, जिल्ला सचिव दिनेश लामा, वागमति प्रदेश ‘क’ का सभापति राम योञ्जन, ‘ख’ का सभापति रमेश हुमागाईँ, नमोबुद्ध नगर सभापति कुन्साङ लामा, नेविसंघका पूर्व केन्द्रिय सदस्य भगवान अधिकारी, पार्टी कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उनको भूमिका महत्वपूर्ण रहेको छ । ४ पटक सम्म प्रधानमन्त्री भएका कोईरालाको वि.सं. २०६६ साल चैत ७ गते निधन भएको थियो ।

Facebook Comments