सांकेतिक तस्बिर

यश कुमार परियार–असार १९,
२०७७,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्लामा रोजगारी गुमाएर तेश्रो मुलुकबाट फर्कनेको संख्या १ सय २९ पुगेको छ । जिल्ला कमाण्ड पोष्टका अनुसार सबै भन्दा बढि बनेपा र धुलिखेल नगरपालिकामा २५/२५ जना, पनौती नगरपालिकामा २४ जना र सबै भन्दा कम भुम्लु र महाभारत गाउँपालिकामा २ जना रहेका छन् । हिजो सम्म १ सय १४ जना मात्रै रहेकामा आज १५ जना थपिएको कमाण्ड पोष्टले जनाएको छ ।

त्यसैगरी जिल्लामा ओइसोलेसन वार्ड २५ वेड संख्या पुगेको छ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन केन्द्रका अनुसार धुलिखेलमा १५, बनेपा नगरपालिकामा र पाँचखाल नगरपालिकामा ५/५ वेडको ओइसोलेसन वार्ड स्थापना भएको छ । यस अघि काभ्रेमा १३ वेडको आसोलेसन वार्ड मात्र थियो । त्यस्तै ८४२ वेडको क्वारेन्टाइन जिल्लामा तयार भएका छन् । धुलिखेल नगरपालिकामा सबै भन्दा बढी १५२ वेड र सबै भन्दा कम खानीखोला गाउँपालिकामा २४ वेड तयार छन ।

आज १५४ पुरुष र २६ जना महिला गरी १८० जना विभिन्न पालिकाका क्वारेन्टाइनमा बसेका छन् ।

Facebook Comments