यश कुमार परियार–असार २२,
२०७७,काभ्रे/

हिजो अपरान्ह नमोबुद्ध नगरपालिका वडा नं ७ मा डुबेर गम्भीर घाईते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । हिजो करीब ५ बजेको समयमा लामा जक्सन स्थित खोलामा डुबेर अचेत अवस्थामा भेटिएका ९ वर्षिय बालकको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका वडा नं ४ घर भई हाल वडा नम्बर ७ मा पसल गरी बस्ने साईला परियारको ९ वर्षिय छोरा पुकार परियार रहेका छन् ।

हिजो अपरान्ह ३/४ जना बालक समुहहरु पौडि खेल्ने क्रममा पुकार डुबेको र स्थानिय २ जनाले उद्धार गरी के.बि. क्लिनिकमा लगेको स्थानियले बताएका छन् । त्यहाँबाट धुलिखेल अस्पताल लगिएको तर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले वालकको शव धुलिखेल अस्पतालमा छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकि रहेको छ ।

Facebook Comments Box