रोशी सहकर्मी,
कार्तिक २१,

जिल्लाको नमोबुद्ध नगरपालीकामा संचालन भईरहेको अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रममा सम्म ६० जनाले परिचय पत्र लिएका छन् । नगरपालीका भरी भएका अपाङ्गता भएका व्यक्तिहरुको पहिचार गरि विभिन्न वर्गका ६० जनामा परिचय पत्र वितरण गरिएको हो । नगरपालीकाको ११ वटा वडा मध्य वडा नं ४,७,९ र १० मा अपाङ्गता परिचय पत्र वितरण गरिसकिएको र अन्य वडामा क्रमसः जारी रहने सामाजिक परिचालक संयोजक श्याम खनालले जानकारी दिएका छन् । नमोबुद्ध नगरपालीकाको आयोजना, सेभ द चिल्ड्रेनको सहयोगमा नगरका ४,७,९ र १० नं वडामा वितरण गरिएको हो । अन्य वडाहरुमा डाक्टर सहितको टोली परिचालन गरिएको पनि उनले जानकारी दिएका छन् ।

Facebook Comments Box