यश कुमार परियार–असार २६,
२०७७,काभ्रे/

काभ्रेमा आज एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाण्डौमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

संक्रमित हुनेमा तेमाल गाउँपालिका वडा नं ८ बस्ने ४० वर्षिय परुष, पनौती नगरपालिका वडा नं ९ बस्ने २६ वर्षिय एक जना पुरुष, बनेपा नगरपालिकाका ३४ र ३० वर्षिय पुरुष, काभ्रे जिल्ला ठेगाना भएका २३ वर्षिय महिला र पनौती नगरपालिका वडा नं २ बस्ने ४९ वर्षिय महिला गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए । थप विवरण आउन बाँकि रहेको छ ।

Facebook Comments