यश कुमार परियार–असार २८,
२०७७,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिकाले दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष दुर्गामाया तामाङका अनुसार कक्षा ११, १२ र व्याचलरमा अध्यनरत ३४ जना दलित छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । उनिहरुलाई प्रतिव्यक्ति नगद रु ७ हजार ३ सय ५३ का दरले जम्मा रु २ लाख ५० हजार वितरण गरिएको उनले जानकारी दिए ।

तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङका अनुसार गाउँपालिकाको ९ वटै वडामा रहेका +२ का २८ र व्याचलरमा अध्ययनरत ६ जनालाई छात्रवृत्ति स्वरुप नगद वितरण गरिएको हो । हाल मुलुकमा कोरोना भाईरस (कोभिड–१९) का कारण शैक्षिक संस्थाहरु बन्द भईरहेका छन् । तर भावि दिनमा अध्ययन अध्यापनमा सहयोग पुगोस् भन्ने अपेक्षाका साथ छात्रवृत्ति वितरण गरेको अध्यक्ष तामाङले रेडियो रोशीलाई बताए ।

‘गाउँपालिकाका विभिन्न वडामा अध्ययनरत विधार्थीलाई छात्रवृत्ति स्वरुप रकम वितरण गरेका छौँ’–अध्यक्ष तामाङले भने ‘उनिहरुलाई पाठ्यपुस्तक खरीद गर्न केहि हद सम्म सहयोग पुग्ने अपेक्षा गर्दै शैक्षिक स्तरमा वृद्धि होस् भन्ने उद्देश्यका साथ छात्रवृत्ति प्रदान गरेका हौ ।’

गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत वितरण गरेको छात्रवृत्ति, स्थानिय सरकार गठन भएदेखिनै निरन्तर्ता दिएको उनको भनााई छ । गाउँपालिकाले आगिमि आर्थिक वर्ष २०७७।०७८ मा दलित उत्थानका निम्ति ५ लाख बजेट छुट्याएको अध्यक्ष तामाङले जानकारी दिए । गाउँपालिकामा २ सय १५ दलित घर धुरीको ११ सय १४ जनसंख्या रहेको छ ।

Facebook Comments