रोशी सहकर्मी–असार २८,
२०७७,काभ्रे/
रेडियो रोशी र रोशी खबर साप्ताहिकका संवाददाता अशोक बुद्धलामाले आफ्नो जन्म दिन वृद्धाश्रममा मनाएका छन् । विगत केही वर्षदेखी पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा कलम चलाएका लामाले शनिबार पनौतीमा रहेको माइती बृद्धआश्राममा वृद्ध आमाबुबाको साथमा केक काटेर आफ्नो जन्म दिन मनाएका हुन् ।

लामाले बृद्धाश्रममा रहेका २० जना वृद्ध आमाबुवाहरुलाई आवश्यक भाँडाकुँडाहरु सहयोग गरेका थिए । जसमा थाल २५ थान, गिलास २५ थान, चम्चा २५ थान, प्लेट २५ थान र पानी खाने जग ४ थान, डस्टविन २ थान र नगद रु ५ हजार सहयोग गरेका थिए ।

लामाले आफु रोशी गाउँपालिका अध्यक्ष डि.बी. लामाबाट प्रेरित भएर यसर जन्म दिन मनाएको बताए । ‘नेपालमा ३ करोड जनसंख्या छ, यदि १ करोडले मात्रै आफ्नो जन्मदिन वृद्धआश्राम, बालआश्रम, अपंगता भएको व्यक्ति, सडकमा रहेको व्यक्तिको साथमा मनाएमा कोहौ पनि भौकै रहनु पर्दैन होला’ उनले भने– ‘आफ्नो लागि त पशु पनि बाँच्छन् तर अरुको लागि बाँच्नु नै मानवीय धर्म हो ।’

पछिल्लोपटक लामा प्रत्येक व्यक्ति सुरक्षित बनौ भन्ने अभियानमा सक्रिय छन् । सिटिजन लाइफ इन्स्यौरेन्सका एजेन्सी म्यानेजर समेत रहेका लामाले धेरैको जीवन विमा गराएर सुरक्षित बनाएका छन् ।

Facebook Comments