यश कुमार परियार–असार २८,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले उत्कृष्ट कृषकहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरेको छ । जसको मन उसैलाई समर्थन भन्ने गाउँपालिकाको कार्यक्रम अन्तर्गत आज (आईतबार) एक कार्यक्रमका बिच पालिका अध्यक्ष डि.बि. लामा र प्रमुख प्रसासकिय अधिकृत डम्बरु दाहालले संयुक्त रुपमा उत्कृष्ट कृषकहरुलाई रकम हस्ताण्तरण गरेका हुन् ।

कार्यक्रममा गाई भैसी पालेर उत्कृष्ट भएका वडा नं ६ का रीम बहादुर तामाङ र वडा नं ८ का खामसाङ लामालाई बाच्छी किन्न रु २०/२० हजार प्रदान गरीएको थियो । त्यसैगरी बाख्रा पालनमा उत्कृष्ट भएका वडा नं १० का विष्णु बहादुर शाही र वडा नं ४ का राम बहादुर थापा मगरलाई बाख्रा किन्न रु २०/२० हजार प्रदान गरीएको थियो । यस्तै माहुरी पालन तर्फ उत्कृष्ट भएका वडा नं १ का श्याम सुन्दर मुल्मी र सोहि वडाका विर बहादुर मगरलाई रु १० हजार बराबरको ३ वटा माहुरी घार प्रदान गरिएको कृषि तथा भेटनरी शाखा प्रमुख रघुनी साहले जानकारी दिए ।

सोहि कार्यक्रममा गाउँपालिका भरीका २६ कृषकलाई माहुरीको घार पनि वितरण गरिएको थियो । ९ हजार पर्ने माहुरीको घार गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरेको प्रमुख साहले जानकारी दिए ।

कार्यक्रम पछि बोल्दै रोशी गाउँपालिका अध्यक्ष डि.बि. लामाले कृषकहरुलाई हौसला दिने अभिप्रायले यस कार्यक्रम संचालन गरेको बताए । कृषकहरुले गरेको कामको उचित मुल्याङकन होस् र अझै कृषि पेसामा ध्यानाकर्षण गराउनको निमित्त गाउँपालिकाले यो कार्यक्रम संभालन गरेको बताए । साथै उनले गाउँपालिकाबाट आगामि आर्थिक वर्षमा थुप्रै कृषि केन्द्रित कार्यक्रमहरु रहेको पनि बताए ।

पुरस्कार वितरणपछि कृषक रीम बहादुर तामाङले यसरी सम्मान गरेकोमा गाउँपालिकालाई धन्यवाद दिए । गाउँपालिकाले जुन विश्वास गरेर थप हौसला प्रदान गरेको छ, यसलाई आगामि दिनमा विफल हुन नदिने बताए । गाउँपालिकाले विभिन्न माध्यमबाट दिएको ज्ञान सिपलाई नै व्यवहारमा लागु गरेर आज उत्कृष्ट कृषक भएको र आगामि दिनमा अरु कृषकहरुलाई पनि सिकाउँदै जाने उनको भनाई थियो ।

Facebook Comments Box