रोशी सहकर्मी–असार २९,
२०७७,काभ्रे/

जिल्लाको पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन । आज धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँचखालका २३ बर्षीय पुरुष र मण्डनदेउपुरका २७ बर्षीय पुरुषमा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यो सँगै काभ्रेमा संक्रमितको संख्या २३ पुगेको छ । आज संक्रमित दुबै जना विदेशबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई थप उपचारका लागि टेकु अस्पताल पठाइएको छ ।
जिल्लामा विदेशबाट २३३ जना फर्किएका छन । आज मात्रै प्रहरीले माक्स लगाएर नहिड्ने २३० पुरुष र १५३ जना महिला सहित ३८३ जनालाई सम्झाई बुझाई छाडेको छ ।

Facebook Comments Box