रोशी सहकर्मी–असार ३१,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिकाले आफ्नो निति तथा कार्यक्रम पारित गरेको छ । आज नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाको अध्यक्षतामा बसेको नगरसभामा आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम पारित गरयोस् भन्ने सम्बन्धमा सर्वसम्मतीले पारित भएको हो । गत असार १० गते प्रस्तुत भएको निति तथा कार्यक्रम आजको सभाले स्विकृत गरेको हो ।

सभाले आगामि आर्थिक वर्ष २०७७/०७८ को लागि कुल अनुमानित बजेट रकम रु.६८ करोड ८९ लाख ३४ हजार ५ सय ४१ स्वीकृत गरेको छ । नगरपालिकाले आगामि आर्थिक वर्षमा पर्यटन र कृषिलाई प्रथमिकतामा राखेको छ ।

Facebook Comments