अशोक बुद्ध लामा/ कार्तिक २२,
वाल्टिङ–रोशी,

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रमको तेस्रो दिन आज वडा नम्बर १० मा १९ जनाले लिएका छन् । रोशी गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा वडा नम्बर १२ देखि शुरु गरिएको अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम आज १० नं वडामा सम्पन्न भएको हो । रोशी गाउँपालिका उपअध्यक्ष लक्ष्मी बर्तौला (उप्रेती) को संयोजकत्वमा आज १९ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
कुल १९ जना मध्य क वर्गका २ जना, ख वर्गका १३ जना र ग वर्गका ४ जनामा परिचय पत्र बितरण गरिएको सहकर्मी अशोक बुद्ध लामाले जनकारी दिएका छन् । त्यस्तै भोलि २३ गते रोशी ९ मंगलटारमा वितरण कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइले जानकारी दिईन् ।
वडा नम्बर १० का अध्यक्ष दुधराज तामाङले सेभ द चिल्ड्रेन र नाङशालले धेरै अगाडि देखि अपाङ्गको क्षेत्रमा काम गर्दै आएको र वडासम्म टोलि नै आएर सहयोग गरेकोमा धन्यवाद दिदै गाउँ गाउँमा सिंहदरवार यथार्थमा परिणत भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

Facebook Comments Box