रोशी सहकर्मी–साउन ४,
२०७७,मेलम्ची/

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले क्वारेन्टाइनमा बसेका महिलाहरुको स्वास्थ्यलाई ध्यान दिदैं स्वास्थ्य सामग्री वितरण गरेको छ । आज (आईतबार) मेलम्ची नगरपालिकाका उपप्रमुख भगवति नेपालले क्वारेन्टाईनमा बसेका महिलालाई परपल झोला अथवा स्वास्थ्य सुरक्षा सामाग्री र प्याड वितरण गरेको जानकारी दिनुभयो ।

अन्य क्वारेन्टाइनहरुमा बसेका महिलाहरुले विभिन्न स्वास्थ्य समस्या भोग्न परेको र उनिहरुलाइ निकै समस्या भएको कुरा बाहिरा आउँदा मेलम्चीमा त्यस्तो हुन नदिन स्वास्थ्य सामाग्रि वितरण गरिएको उपप्रमुख नेपालले बताउनुभयो । प्याड सहित स्वास्थ्य सुरक्षा सामाग्रि पाएपछि क्वारेन्टाइनमा बसेकाहरुले खुशि ब्यक्त गरेका छन् । अहिल २ महिला र १० पुरूष गरि क्वारेन्टाइनमा १२ जना रहेका छन् ।

Facebook Comments Box